न्युयोर्क । अमेरिकी हाउस् अफ् रिप्रेजेन्टेटिभ्सका कट्टर पन्थी रिपब्लिकनले सभामुखले नेतृत्व लिएको सरकारलाई अस्थायी वित्त सहयोगको विधेयक अस्वीकृत गरेका छन् ।
अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका कट्टरपन्थी रिपब्लिकन सांसदहरुले सरकारको अल्पकालीन वित्त सहयोगसम्बन्धी विधेयक अस्वीकृत गरेका हुन् । यससँगै संघीय कार्यालयहरुमा भोलिदेखि आंशिक 'सट डाउन' सुरु हुनेछ ।
विधेयकको विपक्षमा २ सय ३२ मत तथा पक्षमा १ सय ९८ मत परेको थियो । तल्लो सदनमा विपक्षी रिपब्लिकनको बहुमत छ । विधेयक पारित भएको भए सरकार वित्त सहयोगले ३० दिनसम्म चालु हुने थियो । यो विधेयकले खर्च कटौती र आप्रवासनलाई नियन्त्रण गर्ने थियो । तर सिनेटमा भने सत्तारुढ डेमोक्र्याटिक पार्टीको बहुमत रहेकाले विधेयक स्वीकृत हुने आशा कम छ ।
सट डाउनको स्थितिमा अमेरिकी अर्थतन्त्रलाई हरेक हप्ता ६ अर्ब डलरको नोक्सान हुने आकलन छ । वित्त सहयोगसम्बन्धी विधेयक पारित नहुँदा राष्ट्रिय निकुन्जहरु बन्द हुने छन् भने ४० लाख संघीय कर्मचारीको तलब रोक्का हुनेछ । यस्तै, वित्तिय सुपरीवेक्षणदेखि वैज्ञानिक अनुसन्धानसम्म अवरुद्ध हुनेछ ।