ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्ने होन्डुरसको घोषणा

चैत्र १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
ताइवानसँगको कूटनीतिक सम्बन्ध तोड्ने होन्डुरसको घोषणा

काठमाडौं । होन्डुरसले औपचारिक रुपमा ताइवानसँग कुटनीतिक सम्बन्ध तोडेको छ ।

होन्डुरसको परराष्ट्र मन्त्रालयले शनिबार ताइवानसँग कूटनीतिक सम्बन्ध औपचारिक रुपमा भंग गरेको हो । होन्डुरसले एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जनाउँदै ताइवान चीनको अभिन्न हिस्सा भएको उल्लेख गरेको छ ।

होन्डुरसको यो निर्णयपछि ताइवानसँग कूटनीतिक सम्बन्ध कायम रहेका देशहरुको संख्या १३ वटा मात्रै रहेको छ । होन्डुरस र तावाइनबीच सन् १९८५ मा कूटनीतिक सम्बन्ध विस्तार भएको थियो ।

चीनले ताइवानलाई मान्यता दिने कुनै पनि देशसित कूटनीतिक सम्बन्ध कायम राख्न मञ्जुर नहुने बताएको छ । चीनले ताइवानलाई आफूबाट आफ्नो एक प्रान्त मान्दै आएको छ । तर आफ्नै संविधान र सरकार रहेको ताइवानले भने आफूलाई स्वतन्त्र राष्ट्रको रुपमा दाबी गर्दै आएको छ । होन्डुरसको कदमप्रति ताइवानले खेद प्रकट गरेको छ ।

मध्य अमेरिकी देश होन्डुरसको यस कदमले उसलाई चीनसँग थप नजिक बनाएको छ । साथै होन्डुरसको निर्णयलाई चीनले स्वागत गरेको छ । चीनको विदेश मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ, बाँकी १८१ देशले जस्तै होन्डुरसले पनि चीनको एक चीन नीतिलाई स्वीकृति प्रदान गरेको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.