अमेरिकाको मिसिसिपीमा शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु

चैत्र ११, २०७९
अमेरिकाको मिसिसिपीमा शक्तिशाली आँधीका कारण २३ जनाको मृत्यु

मिसिसिपी । अमेरिकाको मिसिसिपी राज्य हुँदै अघि बढेको आँधीका कारण २३ जनाको मृत्यु भएको छ । आँधीका कारण दर्जनौं भवन क्षतिग्रस्त भएका कारण मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।

मिसिसिपीको आपतकालीन व्यवस्थापन निकायले दर्जनौं घाइते भएको र ४ जना बेपत्ता भएको जनाएको छ । थुप्रै ग्रामिण बस्ती र विद्युतीय संरचनामा क्षति पुगेका छन् भने दशौं हजार घरमा विद्युत आपूर्ति अवरुद्ध भएको बीबीसीले जनाएको छ ।

शक्तिशाली आँधीका कारण अन्य दक्षिणी राज्य पनि प्रभावित भएका छन् । मिसिसीपीका थुप्रै क्षेत्रमा असिना पानी परेको छ । राज्यका गभर्नर टेट रिभिसले प्रभावित क्षेत्र शार्की र हम्फे काउन्टीमा उद्धार तथा स्वास्थ्य टोली खटाइएको जनाएका छन्।