पुटिनलाई पक्राउ गरिने प्रयास युद्धको घोषणासरह मानिने रुसी पूर्वराष्ट्रपतिको चेतावनी

चैत्र ९, २०७९
पुटिनलाई पक्राउ गरिने प्रयास युद्धको घोषणासरह मानिने रुसी पूर्वराष्ट्रपतिको चेतावनी

मस्को । रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गरिने कुनै पनि प्रयास युद्धको घोषणासरह मानिने चेतावनी दिएका छन् ।

अन्तर्राष्ट्रिय अपराध अदालतले पुटिनविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको सन्दर्भमा मेदभेदेभको यस्तो अभिव्यक्ति आएको हो ।

अन्तर्राष्ट्रिय अपराध अदालतलाई रुस, चीन र अमेरिकाले औपचारिक कानुनी निकायका रुपमा मान्यता नदिएको पूर्वराष्ट्रपति मेदभेदेभको भनाइ छ । क्रेमलिनले अन्तर्राष्ट्रिय अपराध अदालतको निर्णय विभेदपूर्ण रहेको भन्दै रुसका लागि यसले कुनै मान्यता नराख्नेसमेत जनाएको छ ।

रुसी अधिकारीहरुले आफूले युक्रेनमा कुनै युद्ध अपराध नगरेको बरु युक्रेनले गरेको युद्ध अपराध अन्तर्राष्ट्रिय अदालतले नदेखेको बताएका छन् । रुस र युक्रेनबीच जारी युद्ध युरोपमा दोस्रो विश्व युद्धपछिकै सबैभन्दा ठूलो युद्ध मानिन्छ।