उत्तरपूर्वी अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प

चैत्र ७, २०७९ |कान्तिपुर टीभी संवाददाता
उत्तरपूर्वी अफगानिस्तानमा ६.५ म्याग्निच्युडको भूकम्प

काठमाडौं । उत्तरपूर्वी अफगानिस्तानको बदख्सान प्रान्तमा ६.५ म्याग्निच्युडको भूकम्प भएको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

यस शक्तिशाली भूकम्पको धक्का अफगानिस्तान, पाकिस्तान र भारतमा महसुस गरिएको छ ।

मंगलबार १० बजेर ३९ मिनेटमा अफगानिस्तान, पाकिस्तान र भारतका केही भागमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको केही अन्तर्राष्ट्रिय सञ्चार माध्यामले लेखेका छन् । यस भूकम्पबाट भएको क्षतिको तत्काल विवरण भने आएको छैन ।

प्रारम्भिक जानकारी अनुसार अफगानिस्तानको राजधानी काबुलका साथै इस्लामवाद र लाहोरलगायत पाकिस्तानका धेरै सहरहरूमा भूकम्पको धक्का महसुस गरिएको छ ।

त्यस्तै कश्मीरका साथै भारतको राजधानी नयाँ दिल्लीमा पनि कम्पन महसुस गरिएको छ भने यस भूकम्पको सामान्य धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.