हिन्द प्रशान्त क्षेत्रमा ७५ अर्ब डलर लगानी गर्ने जापानको घोषणा

चैत्र ७, २०७९
हिन्द प्रशान्त क्षेत्रमा ७५ अर्ब डलर लगानी गर्ने जापानको घोषणा

टोकियो । जापानले हिन्द प्रशान्त क्षेत्रमा चीनको गतिविधिलाई रोकथाम गर्न ७५ अर्ब डलरको योजना घोषणा गरेको छ ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले खुला तथा स्वतन्त्र हिन्द प्रशान्त क्षेत्रका लागि एउटा नयाँ योजनाको घोषणा गरेको बताए । किशिदाले यस क्षेत्रमा अर्थतन्त्रलाई सघाउ पुर्याउन उद्योगदेखि विपत् रोकथामका लागि अर्बौं डलरको लगानी वाचा गरेका हुन् ।

शान्ति कायम, हिन्द प्रशान्त क्षेत्रमा नयाँ विश्व राजनीतिका मुद्दाहरुमा सहकार्य, विभिन्न मञ्चमा सञ्जाल विस्तार, र खुला समुद्र र आकाश समावेश गर्ने योजना छ । ऋण, सरकारी सहयोग र अनुदानमार्फत सन् २०३० सम्म यो रकम खर्च गरिनेछ ।

जापानको योजना घोषणाले दक्षिण तथा दक्षिणपूर्वी एसियामा चीनको बढ्दो शक्ति प्रदर्शनलाई सामना गर्न सहयोगी हुने जनाइएको छ । जापानी प्रधानमन्त्री किशिदाले रुस-युक्रेन युद्ध छिटो अन्त्य गर्न विश्वभर ऐक्यबद्धताको अपिल पनि गरेका छन् ।