
बागलुङ । बागलुङमा क्षयरोगका बिरामीको मृत्यु दर बढ्दै गएको छ ।
आर्थिक वर्षको फागुनसम्ममा त्यहाँ १८ जनाको क्षयरोगबाट मृत्यु भएको छ । विश्व क्षयरोग दिवसको अवसर पारेर प्रदेश मंगलबार जनस्वास्थ्य कार्यालयले आयोजना गरेको अन्तरक्रियामा बागलुङमा क्षयरोगका बिरामीको मृत्यु हुने क्रम बढेको जानकारी गराइएको हो ।
गत आर्थिक वर्ष ०८१/८२ मा क्षयरोगबाट मृत्यु हुने १९ जना रहेकोमा यस आर्थिक वर्षको ८ महिनामै १८ जनाको मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । क्षयरोगका बिरामी बढी भेटिनु र नियमित औषधि सेवन नगर्दा समस्या बढदै गएको छ ।
बागलुङमा हाल ४८ जना र ८६ पुरुष गरी १ सय ४४ जना क्षयरोगका बिरामी छन् । क्षयरोग निदान तथा उपचार सेवा स्वास्थ्य संस्थाहरूबाट निःशुल्क रूपमा उपलब्ध हुँदै आएको छ ।