१५ स्थायी दरबन्दी भएको बर्दिया अस्पतालमा दुई जना मात्रै कार्यरत, बिरामीलाई सधैं उपचारमा झन्झट

चैत्र १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
१५ स्थायी दरबन्दी भएको बर्दिया अस्पतालमा दुई जना मात्रै कार्यरत, बिरामीलाई सधैं उपचारमा झन्झट

बर्दिया । बर्दिया जिल्ला अस्पतालमा १५ जना स्थायी डाक्टरको दरबन्दी भए पनि जम्मा दुई जना कार्यरत रहेका छन् । 

१५ जनामध्ये १० जना विशेषज्ञ डाक्टरको दरबन्दी भए पनि एक जनाले विरामीलाई सेवा दिई रहेकाछन् । भौतिक रूपमा सम्पन्न यस अस्पतालमा चिकित्सकको अभावका कारण कारण बिरामीले सधैं उपचारका लागि झन्झट व्यहोर्नुपर्छ ।

मौसम परिवर्तन भएपछि बर्दिया अस्पतालमा बिरामीको चापले डाक्टरलगायत स्वास्थ्यकर्मीलाई भ्याइ नभ्याइ छ। बहिर‌ंग सेवामा दैनिक २ सय ५० बढी बिरामी उपचारका लागि यहाँ आउने गरेका छन्। यसैगरी २५ देखि ३० जना इमरजेन्सीका बिरामी आउँछन्। 

जिल्ला अस्पताल भौतिक रूपमा सम्पन्न हुँदै गएको छ। तर, विशेषज्ञ डाक्टरको अभावमा आर्थिक रूपमा कमजोर बिरामी बाहिर जानु पर्दा खर्च जुटाउन समस्या रहेको छ। अशक्त, ७० वर्ष काटेका बिरामीलाई समस्या छ। औषधि लिन अलग काउन्टरको आवश्यकता छ। 

अस्पतालमा बिरामीलाई उपचार अनेक झन्झट व्यहोर्नुपर्छ। स्त्री रोग विशेषज्ञ, फिजीसीअन, मनोरोग, नशासम्बन्धी लगायतका विशेषज्ञ डाक्टर नहुँदा बाध्य भई नेपालगन्ज,कोहलपुर तथा भारत जान बाध्य छन्। दरबन्दी अनुसार चिकित्सक,आइसीयू सुविधा नहुँदा बाहिर रेफर गर्न बाध्यता छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.