.png&w=1000&height=550)
पाल्पा । पाल्पामा कक्षा ६ मा पढ्ने र विद्यालय नजाने १० वर्षका २ हजार ४३ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपीभी खोप लगाइएको छ ।
एक सातासम्म चलेको अभियान सत प्रतिशत सफल भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पाल्पाका १० वटै स्थानीय तहमा सञ्चालन गरेको अभियानमा विद्यालयबाहिरका ३१ जना किशोरीलाईसमेत लगाइएको छ ।
गतवर्ष कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थी साथै विद्यालयबाहिर रहेका १० देखि १४ वर्षका किशोरीलाई यो खोप लगाइएको थियो ।