
काठमाडौै । स्वास्थ्य बिमा बोर्डले ४० करोड भुक्तानी नदिए पछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालले आजबाट बिमा सेवा बन्द गरेको छ।
स्वास्थ्य बिमाबाट उपचारमा आउने विरामी संख्या दिनहुँ वृद्धि हुँदै जाँदा मासिक झण्डै ५ करोड हाराहरीको खर्च हुने गरेको तर बिमा वोर्डबाट ५० प्रतिशत मात्र दावी स्वीकृति हुने गरेको भन्दै अस्पतालले बिमा सेवा नै बन्द गर्ने निर्णय गरेको हो।
आन्तरिक श्रोतबाट सम्पूर्ण दैनिक खर्च व्यहोर्नु पर्ने हुँदा मासिक २ करोड घाटा खाएर स्वास्थ्य वीमा कार्यक्रम संचालन गर्न नसकिने अस्पतालले जनाएको छ । यता त्रिवि शिक्षण अस्पताल परिसरमै रहेको मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले पनि बिमा सेवा बन्द गर्ने जनाएको छ ।