मकवानपुर २ मा रास्वपाका उप्रेती अगाडि

फाल्गुन २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मकवानपुर २ मा रास्वपाका उप्रेती अगाडि

मकवानपुर । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मकवानपुर २ मा रास्वपाका उम्मेदवार प्रशान्त उप्रेतीले अग्रता लिनुभएकाे छ । मनहरी गाउँपालिकाको ८ र ९ नम्बर वडाको ३ हजार ५ सय १० मत गणना हुँदा उप्रेतीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बुद्ध लामालाई करिब हजार मतले पछि पार्नुभएकाे छ । उप्रेतीले १ हजार ६ सय ३० मत प्राप्त गर्दा लामाले ६१४ मत प्राप्त गर्नुभएकाे छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार तथा पूर्व सांसद महेश बर्तौलाले ५०९ मत प्राप्त गर्नुभएकाे छ । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लवशेर विष्टले २७२ मत प्राप्त गर्नुभएकाे छ। 

मनहरी उप्रेतीको गृह पालिका हो । स्थानीय तहको निर्वाचनमा मनहरीको ८ र ९ दुवै वडामा कांग्रेसले जितेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.