
संखुवासभा । विश्व ध्यान दिवसको अवसरमा संखुवासभाको खाँदबारीमा तीन दिने ध्यान शिविर सुरू भएको छ ।
जिल्ला योग समन्वय समिति सखुवासभाको आयोजनामा पुस ७ गतेसम्म शिविर सञ्चालन हुने भएको हो । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म चल्ने शिविरमा हरेक दिन १ सय जनाले एकै साथ विभिन्न विधिको ध्यान अभ्यास गर्नेछन् ।