
धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित चेपाङ बस्तीमा वृहत स्वास्थ्य शिविर गरिएको छ ।
धादिङको गजुरीमा रहेको श्री भैरव गणले चेपाङ समुदायलाई लक्षित गरी स्वास्थ्य शिविर गरेको हो । शिविरमा स्त्रीरोग, सामान्य रोग, ईएनटी, आँखा तथा दन्त सेवासहितको सेवा प्रदान गरिएको श्री भैरव गणका गणपति अशिम श्रेष्ठले बताउनु भयो । शिविरमा कुल ३ सय ७२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।
गाउँमा नै भएको नि:शुल्क स्वास्थ्य शिविरमा विशेषगरी आँखा र दन्त सेवामा विरामीको बढी चाप देखिएको थियो । शिजिरमा सेवा लिन आएका विरामीलाई आवश्यक्ताको आधारमा विशेषज्ञ चिकित्सकहरूले समेत परामर्श, परीक्षण तथा उपचार स्वास्थ्य शिविरसँगै चेपाङ समुदायका बालबालिका तथा स्थानीय बासिन्दालाई लक्षित गरी गणले विद्यार्थीलाई स्टेशनरी सामग्री, बालबालिकालाई लुगा-कपडा, वितरण तथा स्थानीयलाई निःशुल्क कपाल काट्ने सेवा समेत प्रदान गरेको थियो ।