भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले विश्व नाक-कान-घाँटीमा हुने क्यान्सर विरूद्धको दिवस मनाएको छ ।
दिवसको अवसरमा चिकित्सकहरूले मदिरापान र धुम्रपाननै नाक-कान-घाँटीमा हुने क्यान्सरको मुख्य कारण रहेको बताएका छन् ।
भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डाक्टर उज्जव चालिसेले यस क्यासन्स रोग सम्बन्धी जनचेतना जगाउन उदेश्यले विश्व भरि दिवस मनाउँदै आएको बताउनुभयो । क्यान्सर रोग लागेर निको भइसेकाहरूलाई सम्मान र भइहालेपनि नाक-कान र घाँटीको क्यान्सर निको हुने सन्देश फैलाउनु पर्ने आजको आवश्यकता रहेको उहाँले औल्याउनुभयो ।
वषेश गरी मदिरापान धुम्रपान, अस्वस्थ्यकर खानपान तथा बंशानुगतबाट पनि टाउको र घाँटीसम्बन्धी क्यान्सर हुन सक्ने निर्देशक चालिसेले बताउनुभयो । नेपालका टाउको र घाँटी सम्बन्धी क्यान्सर निकै वृद्धि भइरहेको कार्यक्रममा सहभागि चिकित्सकहरूले बताएका छन् ।
भक्तपुर क्यान्सर अस्पतालमा वार्षिक २ सय ५० को हाराहारीमा टाउको र घाँटीको उपचारको लागि विरामीहरू आउने गरेको छ ।