गत आवमा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आवका लागि ६० अर्ब ९५ करोड विनियोजन

श्रावण ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
गत आवमा ९६.४५ प्रतिशत बजेट खर्च गरेको नेपाल प्रहरीलाई चालु आवका लागि ६० अर्ब ९५ करोड विनियोजन

काठमाडौं । नेपाल प्रहरीले गत आर्थिक वर्षमा ९६.४५ प्रतिशत बजेट खर्च गरेको छ ।

आइतबार प्रहरी मुख्यालयमा आयोजित पत्रका सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले गत आर्थिक वर्षमा प्रहरीलाई ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार रहेको र जसमध्ये ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको बताउनु भयो । उहाँले २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४ सय २० खर्च हुन नसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गत आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित भएको बजेट ५८ अर्ब ४० करोड ८८ लाख १४ हजार थियो । जसको ९६.४५ प्रतिशत खर्च भएको छ । ५६ अर्ब ३३ करोड २९ लाख ४७ हजार खर्च भएको छ । २ अर्ब ७ करोड ५५ लाख ९२ हजार ४२० खर्च हुन सकेन । चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई विनियोजित बजेट ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको छ ।’

उहाँले चालु आर्थिक वर्षमा नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख विनियोजन भएको बताउनु भयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.