कोशी प्रदेशका १४ वटै जिल्लामा फैलियाे डेंगी

असार २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशका १४ वटै जिल्लामा फैलियाे डेंगी
काठमाडौं । लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग कोशी प्रदेशका १४ वटै जिल्लामा फैलिएको छ । 

कोशी जिल्लामा गत वर्षको साउन यता ३ हजार ९६ जनामा डेंगी संक्रमण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले गरेको कार्यक्रममा डेंगीबाट सबैभन्दा बढी मोरङ र सबैभन्दा कम ताप्लेजुङमा रहेको जानकारी दिएको छ । 

मोरङमा सबैभन्दा बढी डेंगीबाट ९ सय १३ जना संक्रमित भएका छन् । यसपछि झापामा डेंगी संक्रमण्बाट ८ सय १२, सुनसरीमा ३ सय ७७, भोजपुरमा २ सय २६, धनकुटामा १ सय ४३, संखुवासभामा १ सय ३४, पाँचथरमा ७०, खोटाङमा १०, सोलुखुम्बुमा ७, इलाममा ५, ताप्लेजुङ र तेह्रथुममा २/२ जना संक्रमित भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.