प्युठानमा हैजाको लक्षण देखियो, एकै गाउँका ८ जना बिरामी

श्रावण १८, २०८१ |शमशेरविक्रम जीसी
प्युठानमा हैजाको लक्षण देखियो, एकै गाउँका ८ जना बिरामी

प्युठान । गौमुखी गाउँपालिका ५ मा एकै घरका पाँच जनासहित ८ जना बिरामी परेका छन् ।

हैजाको लक्षण देखिएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा र अन्य तीन जनाको खुंग स्वास्थ्य चौकीमा उपचार भइरहेको गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिनुभयो ।

गिरीका अनुसार बिरामीहरुमा हैजाको लक्षण देखिएको र उपचारका लागि अस्पताल लगिएको छ । एउटै मुहानको पानी पिउने उनीहरूले हैजाका किटाणु मिसिएको पानी पिएको हुनसक्ने गिरीको भनाइ छ । थप परीक्षणका लागि जिल्ला अस्पताल बिजुवारबाट स्वास्थ्यकर्मीको टोली गाउँ पुगेको छ ।

बिरामी भएर अस्पताल लगिएका पाँच जनामध्ये तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । अन्य दुई जनाको रिपोर्ट नेगेटिभ आए पनि हैजाको लक्षण देखिएकाले उपचार भइरहेको प्युठान अस्पतालका प्रमुख डा. राजेन्द्र पौडेलले जानकारी दिनुभयो ।


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।