काठमाडौं । विश्वकप-२०२६ को तयारीमा रहेको अर्जेन्टिनाले पोर्टो रिकोलाई ६-० ले पराजित गरेको छ ।
मायामीको चेस स्टेडियममा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेसीले दुई असिस्ट दिएका थिए भने एलेक्सिस म्याक एलिस्टरले दुई गोल गर्दै 'ब्रेस' पूरा गरे । गोञ्जालो मोन्टिएल र लाउटारो मार्टिनेजले १-१ गोल गरे पार्टो रिकोका स्टीभन एचेभारियाबाट एक आत्मघाती गोल हुन पुग्यो ।
१३औं मिनेटमा निको गोनजालेजको सटबाट फर्किएको बल एलेक्सिस म्याक एलिस्टरले हेडमार्फत गोलमा परिणत गर्दै खाता खोले । त्यसको आठ मिनेटपछि कप्तान मेसीको पासमा गोञ्जालोले भली गर्दै दोस्रो गोल थपे । ३५औं मिनेटमा एलिस्टरले ब्रेस पुरा गरे ।
६४औं मिनेटमा निको गोनजालेजको क्रस पोर्टो रिकोकै स्टीभन एचेभारियाबाट डिफ्लेक्ट भएर आफ्नै नेटमा गएपछि अर्जेन्टिनाले ४ गोलको अग्रता बनायो । त्यसपछि लाउटारो मार्टिनेजले खेलको अन्त्यतिर लगातार दुई गोल थपे ।