वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

काठमाडौं । मनसुनी वर्षासँगै मनसुनजन्य रोगको संक्रमण देखिन थालेको छ । अझ पछिल्लो समय परेको अविरल वर्षाले त झनै जोखिम बढाएको चिकित्सक बताउँछन् ।

बर्खाको समयमा दूषित पानीका कारण झाडापखाला, टाइफाइड ,ज्वरो आउने, टाउको दुख्ने, जन्डिस तथा छालासम्बन्धी समस्या लिएर अस्पताल पुग्ने बिरामी बढ्न थालेका छन् ।

यस्तो बेला उमालेको वा क्लोरिन हालेर सफा पारेको पानी मात्र पिउनुपर्ने सुझाव चिकित्सकको छ । त्यसैगरी सडेगलेका तथा बासी खाना खान हुँदैन । फलफूल तथा तरकारी शुद्ध पानीले सफा गरेर मात्र खानुपर्ने सुझाव पनि चिकित्सकले दिने गरेको छ ।

वर्षाको समयमा खाना तथा पानीमा हेलचेक्र्याइँ गर्दा पानीजन्य रोगको संक्रमण बढ्ने बढ्दा झाडापखाला, ज्वरो, टाउको दुख्नेलगायत समस्या देखिने गर्छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement