काठमाडौं । भारतीय टेलिभिजन रियालिटी शो इन्डियन आइडलको टप टेनमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई गत माघमा राष्ट्रपति रामचन्द्र पौडेलले निवासमै बोलाएर सम्मान गरेका थिए ।
तर गायिका पौडेलले राष्ट्रपतिले बोलाएर गरेको सम्मानले आफूलाई गर्व लागे पनि त्यो विशेष नभएको गुनासो गरेकी छन् । राष्ट्रपतिबाट प्रमाणपत्रसमेत नपाउँदा आफू खिन्न भएको भन्दै उनले राष्ट्रपतिलाई सुझावसमेत दिएकी छन् ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम इट्स माई शोमा कुरा गर्दै पौडेलले यस्तो सुझाव दिएकी हुन् ।