ढुङ्गाको खिचडी अब रङ्गमञ्चमा

जेष्ठ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
ढुङ्गाको खिचडी अब रङ्गमञ्चमा

ललितपुर । ललितपुरको सातदोबाटोस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयले नेपाली लोककथा ‘ढुङ्गाको खिचडी’लाई नाट्य रूपान्तरण गरेर मञ्चन गरिरहेको छ ।

बालबालिकाको प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले विद्यालयले लोककथालाई नाटकमा रूपान्तरण गरेर मञ्चन गरिरहेको हो । रातोपुलस्थित शैली थिएटरमा शुक्रवारदेखि जारी नाटकलाई पुष्पराज अवस्थीले निर्देशन गरेका हुन् ।

नाट्य रूपान्तरण प्रकेश सिन्धूलीयले गरेको नाटकमा ब्राइट फ्युचर माविमा कक्षा पाँचदेखि दशसम्म अध्ययनरत विद्यार्थीले अभिनय गरेका छन् । बिहान ११ बजे र दिउँसो साढे एक बजे गरी दैनिक दुई सो मञ्चन भइरहेको नाटक सोमवारसम्म हेर्न सकिने छ ।

नाटकमा प्रशान्त हुमागाईँ, दिव्यङ्का ओझा, दीक्षा परियार, सुशान्त कोइराला, नवल नेपालीलगायतका विद्यार्थीको अभियन छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement