हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उपनिर्वाचनमा ६६ प्रतिशत मतदान

मंसिर १६, २०८१ |जनकबहादुर शाही
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षको उपनिर्वाचनमा ६६ प्रतिशत मतदान

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्षका लागि भएको उपनिर्वाचनमा ६६ दशमलब ४३ प्रतिशत मत खसेको छ । 

६ हजार ८ सय १० मतदातामध्ये ४ हजार ५ सय २४ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत शुम्भुप्रसाद बरालले जानकारी दिनु भयो । दुर्गम स्थलबाट मतपेटिका ल्याउनुपर्ने भएकाले आज मतगणना सम्भव नभएको बरालले बताउनु भएको छ । 

सर्केगाडमा १३ मतदान केन्द्र तोकिएको थियो । चिसो बढी भए पनि बिहानैदेखि उत्साहका साथ मतदाताले मतदान गरेका थिए । मतदानमा जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, अपांगता भएका नागरिकहरूले पनि मतदानमा भाग लिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जनाउनु भयो । १३ मतदान केन्द्रमा ७३ जना कर्मचारी र २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको पाण्डेले जानकारी दिनुभयो ।

सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्ट र एक स्वतन्त्र उम्मेदवार गरी पाँच जना प्रतिस्पर्धामा उत्रिएका छन् । 


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement