काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगका अध्यक्षहरू महेश थापा र लीलादेवी गड्तौलालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
प्रधानन्यायाधीशबाट शपथ लिएपछि दुवै अध्यक्षहरूले आआफ्ना आयोगका सदस्यलाई शपथ गराउनुभएको थियो । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सिफारिस गरेपछि जेठ १ गते बसेको मन्त्रिपरिषद्ले दुवै आयोगका लागि अध्यक्ष तथा सदस्यहरू नियुक्ति गरेको थियो ।