बाजुरामा करिब एक हजार तीन सय मत खस्यो

मंसिर १६, २०८१ |प्रेम रौले
बाजुरामा करिब एक हजार तीन सय मत खस्यो

बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा बिहान १० बजेसम्म एक हजार तीन सय १४ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार गाउँपालिकाको पाँचै वडाका नौ मतदानस्थलमा शान्तिपूर्ण रूपमा मतदान कार्य जारी छ ।

गाउँपालिका उपाध्यक्ष मैनादेवी जोशीको २०८० माघ ४ गते निधन भएपछि यहाँ उपनिर्वाचन भइरहेको हो । यहाँ सात हजार ४६० मतदाता रहेका छन् । उपनिर्वाचनमा नेपाली कांग्रेसकी पुल्तीसरा शाही, नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी र नेकपा एकीकृत समाजवादीकी जवा शाही उम्मेदवार बनेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सुनादेवी थापा भोटे र नेकपा माओवादीकी राजु विकले मनोनयन फिर्ता लिएका छन् ।


Image

प्रेम रौले

रौले कान्तिपुर टेलिभिजनका बाजुरा संवाददाता हुन् ।