ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि १० प्रतिशत मत खस्यो

मंसिर १६, २०८१ |सुशीला पाठक
ग्रामथान गाउँपालिका अध्यक्ष पदका लागि १० प्रतिशत मत खस्यो

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि आज बिहान ७ बजेदेखि नै मतदान जारी छ । २६ हजार ४४ जना मतदाता रहेको ग्रामथान गाउँपालिकामा १२ वटा मतदानस्थल र २९ मतदान केन्द्र रहेका छन् ।

सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरू भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अहिलेसम्म १० प्रतिशत मत खसेको बताइएको छ ।

बिहान चिसोका कारण मतदाताहरू कम आए पनि अहिले भने मतदाताको उपस्थिति बाक्लिएको छ । यहाँ १३ हजार ४१ महिला मतदाता र १३ हजार तीन पुरुष मतदाता रहेका छन् । महिला र पुरुष मतदाताहरूका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाइएको छ । ज्येष्ठ नागरिक र अपांगता भएकाहरूका लागि विशेष व्यवस्था मिलाइएको छ ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement