इलाम । प्रतिनिधिसभाको उपनिर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट विजयी हुनु भएका सुहाङ नेम्वाङले युवा पुस्तामा सकारात्मक भावना जागृत गर्न आफूले काम गर्ने बताउनुभएको छ ।
निर्वाचित भएपछि कान्तिपुर टेलिभिनजका संवाददाता लक्ष्मी गौतमसँग कुरा गर्दै सुहाङले देशको समृद्धिका लागि सक्दो पहल गर्ने बताउनुभयो ।