काठमाडौं । बझाङ-१ को मतगणनामा एमालेका उम्मेदवार कांग्रेसका अभिषेक सिंहलाई ३ सय ४२ मत अन्तरले पछि पार्दै एमालेका दनम भण्डारीले अग्रता कायमै राख्नुभएको छ । अहिलेसम्मको मतगणनामा एमालेका दमन भण्डारीले ११ हजार १ सय ३ मत ल्याउनुभएको छ भने कांग्रेसका सिंहले १० हजार ७ सय ६१ मत ल्याउनुभएको छ ।
यस्तै माओवादी केन्द्रका जनक बुढाले ३ हजार ७ सय ९७ मत ल्याउनुभएको छ भने एकीकृत समाजवादीकाका दिलबहादुर सिंहले २ हजार ५ सय १० मत ल्याउनुभएको छ । मतगणना अहिले जारी छ । मतगणनाको अन्तिम परिणाम आजै आउने निर्वाचन कार्यलयले जनाएको छ ।