बारा । बारा-२ को मतगणना जारी छ । मत गणनाको पछिल्लो परिणाम अनुसार जनता समाजवादीका उम्मेदवार उपेन्द्र यादव ३ हजार ४७७ मतको अन्तरले अग्रस्थानमा छन् ।
यादवको मत २५ हजार ६८८ छ भने उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले २२ हजार २११ मत ल्याएका छन् ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलको मत ८ हजार ३८७ छ भने रास्वपाका रमेश खरेलले २ हजार ६८८ मत ल्याएका छन् ।