बारा । उपनिर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी, नेपालका उपेन्द्र यादवको अग्रता कायमै रहेको छ । मंगलबार बिहान ५ बजेसम्मको मत गणनाअनुसार यादवले ८ हजार ८८१ मत प्राप्त गरेका छन् ।
यादवलाई जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ६ हजार १७९ मतका साथ पछ्याइरहेका छन् । कुशवाहालाई यादवले २ हजार ७०२ मतले पछि पारेका छन् ।
त्यस्तै एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले ३ हजार ५३८ मतका साथ तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेशप्रसाद खरेल १ हजार १६७ मत प्राप्त गरेका छन् ।