निर्वाचनको परिणाम घोषणा बुधबार, राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाइने

मंसिर २७, २०७९ |कान्तिपुर टीभी संवाददाता
निर्वाचनको परिणाम घोषणा बुधबार, राष्ट्रपतिलाई बिहीबार प्रतिवेदन बुझाइने

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसदहरुको नाम निर्वाचन आयोगले मंसिर २८ गते (बुधबार) सार्वजनिक गर्ने भएको छ ।

आयोगले प्रत्यक्ष र समानुपातिक दुवैतर्फको नतिजा भोलि (बुधबार) सार्वजनिक गर्न लागेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । उनका अनुसार बुधबार सार्वजनिक गरिएको प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरुको नामसहितको निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार बिहान १० बजे बुझाइनेछ ।

आयोगका अनुसार प्रत्यक्षतर्फ प्रतिनिधिसभामा नेपाली कांग्रेसले ५७ सिटमा विजयी हासिल गर्दा नेकपा एमाले ४४ सिटमा जित हासिल गरेको छ । माओवादी केन्द्रले १८ सिटमा जित निकाल्दा एकीकृत समाजवादले १० सिटमा जित हासिल गरेको छ । जसपा, राप्रपा र रास्वपाले ७-७ सिटमा जित हासिल गरेका छन् । समानुपातिकतर्फ एमालेले ३४, कांग्रेसले ३२, माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५/५ सिट समानुपातिकतर्फ सिट संख्या प्राप्त गरेका छन् ।

निर्वाचन आयोगले समानुपातिकतर्फबाट सांसदहरु पनि निर्वाचित भएको एक सातभित्र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाउने स्पष्ट पारेको छ । आयोगका सहसचिव भट्टराईले समानुपातिकतर्फको पनि सांसदहरु निर्वाचित भएको घोषणा भएको मितिले सात दिनभित्र राष्ट्रपतिसमक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन बुझाइसक्नुपर्ने कानुनी व्यवस्था भएकाले सोहीअनुसार काम गर्ने बताए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.