सुनसरी । सुनसरी क्षेत्र नम्बर ४ को मतगणना आज दिउँसोदेखि नियमित हुने भएको छ ।
विवादित क्षेत्रको मतगणनाको सीसीटीभी फुटेज हेरेपछि सर्वदलीय बैठकले मंगलबारदेखि गणना नियमित गर्ने निर्णय गरेको हो ।
यसक्षेत्रमा नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ६ हजारभन्दा बढी मतले पछाडि छोडेकी छन् ।
मतगणना स्थगित भएको चार दिनपछि नियमित हुने भएको हो । यस क्षेत्रमा अब २० हजार मत गणना हुन बाँकी छ ।