धनुषा-४ मा कांग्रेसका महेन्द्र यादवलाई ७२२ मतको अग्रता

मंसिर १२, २०७९ |कान्तिपुर टीभी संवाददाता
धनुषा-४ मा कांग्रेसका महेन्द्र यादवलाई ७२२ मतको अग्रता

धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी रहेको मतगणनाअनुसार नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) का उम्मेदवार रघुवीर महासेठले अग्रता लिएका थिए । तर पछिल्लो समय महासेठलाई उछिन्दै यादवले अग्रता बढाएका हुन् ।

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले सात सय २२ मतले अग्रता लिएका छन् । उनले २७ हजार ४२३ मतप्राप्त गरेका छन् । महासेठले २६ हजार ७०१ मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दङ्गालले जानकारी दिए ।

यस्तै स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतोले ३ हजार ३९९ मत प्राप्त गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.