पाल्पा १ बाट एमालेका नारायणप्रसाद विजयी

मंसिर ९, २०७९ |कान्तिपुर टीभी संवाददाता
पाल्पा १ बाट एमालेका नारायणप्रसाद विजयी

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र १ बाट नेकपा एमालेका नारायणप्रसाद आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गाहालाई १० हजार ८ सय ४७ मतान्तरले पराजित गर्दै आचार्य निर्वाचित भएका हुन् ।

आचार्यले ३१ हजार १ सय ३ मत पाउँदा कांग्रेसका गाहाले २० हजार २५६ मत प्राप्त गरे । यस्तै स्वतन्त्र उम्मेदवार विपिन कँडेलले दुई हजार आठ सय ६३, मंगोल नेसनल अर्गनाइजेसनका थमनबहादुर बुढामगरले एक हजार नौ सय १६ तथा राप्रपाका ज्ञानबहादुर सिँजालीले २४४ मत प्राप्त गरे ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.