काठमाडौं । प्रतिनिधिसभामा कांग्रेससँग मिलेर ४५ सिटमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रले अपेक्षाकृत नतिजा ल्याउन नसक्ने प्रारम्भिक मतगणनाले संकेत गरेको छ ।
काठमाडौंबाट उम्मेदवारी दिएका पाँच नेता ओनसरी घर्ती, कल्पना धमला, मानुषी यमी भट्टराई, अञ्जना बिसंखे र बद्री बजगाईं कोही पनि मतगणनाको अग्रस्थानमा उक्लन सकेका छैनन् ।
ललितपुर ३ बाट पम्फा भुसालले अग्रता लिन सकेकी छैनन् भने पार्टीका महासचिवसमेत रहेका देव गुरुङ लमजुङमा एमाले नेता पृथ्वी सुब्बा गुरुङसँग पराजित हुने संकेत देखिएको छ ।
पूर्वमुख्यसचिव महेन्द्रबहादुर शाहीले कालीकोटमा मत गणनामै अग्रता लिन सकेका छैनन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट अग्रता लिए पनि चितवन ३ बाट माओवादी उम्मेदवार डा. भोजराज अधिकारीले अग्रता दिन सकेका छैनन् ।
अर्थमन्त्री जनार्दन शर्माको क्षेत्रबाट मतगणनाको प्रारम्भिक विवरण आएको छैन । अर्का मन्त्री महेश्वर गहतराजले बाँकेमा अग्रता लिन सकेका छैनन् ।
हालसम्म अग्रता लिइरहेका माओवादीका १२ उम्मेदवार
१. पुष्पकमल दाहाल गोरखा २
२. शक्ति बस्नेत जाजरकोट
३. गिरिराजमणि पोखरेल महोत्तरी १
४. अमनलाल मोदी मोरङ ४
५ लेखनाथ दाहाल सिन्धुली २
६. वर्षमान पुन रोल्पा
७. देवेन्द्र पौडेल बागलुङ २
८. रेखा शर्मा दाङ २
९. रामकुमार राई खोटाङ
१०. सुदन किराती भोजपुर
११. महिन्द्र राय यादव सर्लाही १
१२. पूर्णबहादुर घर्तीमगर रुकुम पश्चिम
अग्रता लिन नसकेका ३३ उम्मेदवार
१. पम्फा भुसाल ललितपुर ३
२. देव गुरुङ लमजुङ
३. मातृका यादव धनुषा १
४. हरिकुमार राना झापा २
५. खेलप्रसाद बुढाथोकी ताप्लेजुङ
६ शिवकुमार मण्डल मोरङ ५
७. मुक्सामहाङ लिम्बू सुनसरी १
८. शिवचन्द्र कुशवाहा बारा २
९. रवीन्द्र पटेल रौतहट ३
१०. नरेन्द्रप्रसाद कलवार सर्लाही ३
११. विश्वनाथ साह सिराहा ३
१२. ओनसरी घर्ती काठमाडौं २
१३. बद्री बजगाई काठमाडौं ३
१४. मानुषी यमी भट्टराई काठमाडौं ७
१५. कल्पना धमला काठमाडौं ९
१६ अञ्जना बिसंखे काठमाडौं १०
१७. सूर्यमान दोङ काभ्रे १
१८. डा. भोजराज अधिकारी चितवन ३
१९. गंगा कार्की दोलखा
२०. हितबहादुर तामाङ नुवाकोट
२१. सुनील गोठे भक्तपुर १
२२. माधव सापकोटा सिन्धुपाल्चोक १
२३. रामजीप्रसाद दाहाल कास्की ३
२४. चक्रपाणि खनाल कपिलवस्तु १
२५. सुरेश पन्त बर्दिया २
२६. महेश्वर गहतराज बाँके १
२७ महेन्द्रबहादुर शाही कालीकोट
२८. गोमा कुँवर जुम्ला
२९. जनार्दन शर्मा रुकुम पश्चिम
३०. छिरिङ डुम्डुल लामा हुम्ला
३१. विना मगर कञ्चनपुर
३२. भगतबहादुर बडुवाल कैलाली २
३३. कृष्णबहादुर चौधरी कैलाली ३