नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

कार्तिक ३०, २०७९ |कान्तिपुर टीभी संवाददाता
नागरिकताका विषयमा रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई नागरिकतासम्बन्धी विवादमा स्पष्टीकरण सोधेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार लामिछानेलाई बुधबार स्पष्टीकरण सोधिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चितवन २ का उम्मेदवार बनेका लामिछानेको नागरिकता अवैध भन्दै उम्मेदवारी खारेजीका लागि उजुरी परेपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको हो । पत्रको जवाफ र पेस भएका कागजात आयोगको कार्यालयमा पठाइने आचार्यले जानकारी दिए ।

लामिछानेले विदेशी नागरिकता लिने क्रममा नेपाली नागरिकता नत्यागेको भन्दै उनको उम्मेदवारी खारेजी माग गर्दै दुईजनाले सोमबार निर्वाचन आयोगमा उजुरी हालेका थिए । यता लामिछानेले भने यसबारे बुधबार फेसबुक लाइभमार्फत चार वर्षअघि नै यसबारे प्रस्ट्याएको बताएका छन् । उनले आयोगले सोधेको स्पष्टीकरणमा उचित जवाफ दिने पनि जनाएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement