भेरी प्राविविधिक शिक्षालयको बहुउद्धेश्सीय हलमा जारी मतणनाको जति जति नतिजा सार्बजनिक भैरहेको छ उतिनै प्रमुख र उपप्रमुख पदका लागि दिएका मतहरु बदर हुनेक्रम बढेको छ । मतदाता शिक्षा नहुनु, मतपत्रमा उम्मेदवारका चुनाव चिन्ह धेरै हुनु र उम्मेद्वार नभएका पदमा पनि चिन्ह हुनुले मत बदर संख्या बढेको निर्वाचन अधिकृतहरुको भनाइ छ ।
नेपालगन्ज उपमहानरको प्रमुख र उप प्रमुखमा मात्रै ५ दलिय गठबन्धन थियो । तर गठबन्धनका सबै दलका प्रमुख र उप प्रमुखको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइएको पाइएको छ । मतगणहरुका अनुसार गठबन्धन गरेका ५ दलका प्रमुख उप प्रमुख सहित सबै उम्मेदवारको चिन्हमा स्वस्तिक छाप लगाइ दिएकाले मुख्य पदका उम्मेदवारहरुकै धेरै मत बदर भैरहेको छ
मतगणना सम्पन्न भैसकेको बााकेको राप्ती सोनारी गाउापालिमा पनि गठबन्धन नबुझदा सबै उम्मेदवारलाई भोट दिएको पाइएको त्यहाँका निर्वाचन अधिकृतले बताएका छन । जबकी राप्ती सोनारीमा कुनै गठबन्धन थिएन । बारम्बार मतगणना अबरुद्ध हुदै आएको बैजनाथमा पनि उस्तै अवस्था देखिएको छ ।
सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदाता सख्या बढेको थियो । तर मतदान नगर्ने र बदरमतको सख्या २०७४ सालको तुलनामा धेरै देखिएको छ ।