
काठमाडौं । एकपटक भर्ना भएपश्चात् पटक पटक विद्यार्थीको भर्ना लिन नपाइने भन्दै शिक्षा मन्त्रालयले निर्देशन जारी गरेको छ ।
सरकारले एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक पटक भर्ना शुल्क लिन नपाइने निर्देशन जारी गरेको हो । त्यस्तै मन्त्रालयले शुल्क लिएमा कारबाही हुने चेतावनीसमेत दिएको छ ।
यस विषयमा बिगतमा पनि अदालतले शुल्क लिन नपाइने फैसला गरेको थियो । तर, शिक्षण संस्थाहर"ले भर्ना शुल्कको नाम फेरेर फरक शीर्षकमा शुल्क लिइरहेका छन् ।