ब्रिज कोर्सका सबैखाले कक्षा सञ्चालनमा रोक लगाउने शिक्षा मन्त्रालयकाे निर्णय

चैत्र १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
ब्रिज कोर्सका सबैखाले कक्षा सञ्चालनमा रोक लगाउने शिक्षा मन्त्रालयकाे निर्णय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ब्रिज कोर्सका सबैखाले कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।

विद्यालय तहका कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि लिँदै आएको ब्रिज कोर्सका कक्षाहरू सञ्चालनमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ । आगामी वैशाख एक गतेदेखि पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

अनलाइन जुवासम्बन्धी बेटिङ एप २४ घण्टाभित्र बन्द गर्न पनि सरकारले दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । यसैबीच राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन खारेज भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.