
विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरू भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको आयोजनामा जारी दुईदिने सम्मेलनमा एक सय ९४ वटा अनुसन्धानमूलक लेख समावेश छन् । कला, कानुन र शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ, विज्ञान र प्रविधि, मेडिसिन एन्ड हेल्थ साइन्ससहित पाँचवटा थिममा छलफल हुँदैछ।
सम्मेलनले विकास, व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारलगायतमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।