
विराटनगर । सामाजिक विकासका विद्यार्थीको क्षमता विकासका लागि पूर्वाञ्चल विश्वविद्यालयमा नेपालमा सामाजिक विकास अभ्यास सुदृढीकरण परियोजना सुरू भएको छ ।
दातृ निकायसँगको सहकार्यमा २०२६ जनवरीदेखि सुरू भएको परियोजना सन् २०२८ सम्म सञ्चालन हुनेछ । परियोजनाले सामाजिक कार्यका ३० जना प्राध्यापकलाई प्रशिक्षकको रूपमा विकास गर्ने र प्रशिक्षित प्रशिक्षकहरूले विभिन्न सामाजिक संघ संस्थासँग मिलेर काम गर्नेछन् ।