
काभ्रे । काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह मंसिर २४ गते हुने भएको छ ।
समारोहको पहिलो चरणमा सत्र देशका २ हजार २ सय ९ जना विद्यार्थी दीक्षित हुने विश्वविद्यालयले साेमबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दीक्षित हुनेमा पीएचडी, डीएम र एमसीएचका ७ जना, स्नातकोत्तरका ३ सय ९७, पोस्ट ग्राजुएट डिप्लोमाका ५० र स्नातकका १ हजार ७ सय २८ जना रहने जनाइएको छ ।
अष्ट्रेलिया, अस्ट्रिया, बंगलादेश, भुटान, बेलायत, भारतलगायत १७ मुलुकका १ सय ९६ विदेशी विद्यार्थी दीक्षित हुनेछन् ।