सर्वोच्चलाई ओलीको आग्रह : अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गरियोस्

पुस १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
सर्वोच्चलाई ओलीको आग्रह : अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गरियोस्

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको अविलम्ब फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गर्नुभएको छ ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले देशलाई अप्ठयारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने तर्क गर्नुभएको हो । ओलीले समयमा न्याय नदिनु वा बिलम्व गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गर्नुभयो । 

उहाँले अदालतले संसद् पुन:स्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्‍याउनु भयो । अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुन:स्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राख्नुभयो । अध्यक्ष ओलीले सर्वोच्च अदालतले सो सम्बन्धी फैसलामा ढिलाइ गर्नुको कुनै अर्थ नरहेको समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.