धादिङको नीलकण्ठ नगरपालिकाद्वारा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण

मंसिर १६, २०८२ |पोषनाथ अधिकारी
धादिङको नीलकण्ठ नगरपालिकाद्वारा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

नगरपालिकाले देशका विभिन्न विद्यालयमा उच्च शिक्षा अध्ययन गरिरहेका नगरभित्रका १ सय ५४ जना विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति वितरण गरेको हो ।

नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीमप्रसाद ढुंगानाले एक कार्यक्रम गरी एमबीबीएस, इन्जिनियरिङ, स्नात्तकोत्तर 'मास्टर डिग्री' र स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति रकम हस्तान्तरण गर्नुभएको हो । नगरपालिकाले एमबीबीएस अध्ययन गर्ने तीन जनालाई जनही एक-एक लाख रूपैयाँ, इन्जिनियरिङ अध्ययनरत १४ जना विद्यार्थीहरूलाई नगद जनही ४०-४० हजार, स्नात्तकोत्तर अध्ययनरत १२ जनालाई जनही ७-७ हजार र स्नातक अध्ययन गर्ने १२५ जनालाई नगद ५-५ हजारको दरले १५ लाख ७० हजार रूपैयाँ छात्रवृत्ति वितरण गरेको हो ।

नागरिक शिक्षित भए मात्र नगरको विकास सम्भव हुने भन्दै उच्च शिक्षामा प्रेरित गर्न छात्रवृत्ति कार्यक्रम ल्याइएको नगर प्रमुख ढुङ्गानाले बताउनुभयो । नीलकण्ठ नगरपिालिकाले नगरको कुल बजेटको ४२ प्रतिशत भन्दा बढी रकम शिक्षा क्षेत्रमा लगानी गरेको जनाएको छ ।


Image

पोषनाथ अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।