टेलर्स युनिभर्सिटीको सहकार्यमा नेपालमा आधुनिक र प्रगतिशील क्याम्पस आईआई-एमएसको स्थापना

मंसिर १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
टेलर्स युनिभर्सिटीको सहकार्यमा नेपालमा आधुनिक र प्रगतिशील क्याम्पस आईआई-एमएसको स्थापना

काठमाडौं । मलेसियास्थित टेलर्स युनिभर्सिटीको सहकार्यमा नेपालमा आधुनिक र प्रगतिशील क्याम्पस आईआई-एमएसको स्थापना भएको छ ।

विश्वस्तरीय शिक्षा दिने उद्देश्यले आईआई-एमएस क्याम्पसको स्थापना गरिएको हो । क्याम्पसले विश्वव्यापी मापदण्ड अनुरूपका स्नातक तहका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ । अन्तर्राष्ट्रिय साझेदारी उद्भावनशीलता तथा उद्योग अभिमुखीकरण शिक्षण पद्धतिबाट पठनपाठन गराउने दाबी क्याम्पसले गरेको छ ।

स्मार्ट कक्षा, अत्याधुनिक प्रयोगशाला र विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाइने क्याम्पसले जनाएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा टेलर्स युनिभर्सिटीका भाइस च्यान्सलर प्राध्यापक बेरीले यो क्याम्पसले गुणस्तरीय शिक्षा उपलब्ध गराउनेमा विश्वस्त रहेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.