काठमाडौं । आन्दोलनरत निजी विद्यालयका सञ्चालकहरूले आफूहरूले विद्यालय भने बन्द नगराउने स्पष्ट पारेका छन् ।
विद्यालय शिक्षा विधेयकमा पूर्ण छात्रवृत्ति, क्रमशः गैरनाफामूलक बनाउने लगायतका विभेदकारी नीति तत्काल हटाउन माग गर्दै आन्दालन गर्दै आएका उनीहरूले विद्यालय भने बन्द गराउने पक्षमा नरहेको प्रष्टयाएका हुन् ।
विद्यालयको पठनपाठन बन्द गरी सो विधेयकको विरोधमा आफूले आन्दोलनलाई निरन्तरता दिन आफूहरू प्रतिवद्ध रहेको राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (नेशनल प्याब्सन)ले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
अध्यक्ष गीता क्षेत्री राणाले निजी विद्यालयनै बन्द गर्नुपर्ने अवस्थामा रहेका पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउँदै लैजाने भन्ने सो विधेयकमा उल्लेख गरिएको शब्द तत्काल हटाउन पनि सरकारलाई दबाब दिनुभयो ।
उहाँले शुल्क वृद्धि हुने र गरिव अभिभावकलाई मारमा पार्ने खालको ऐन सरकारले ल्याउन नहुने बताउनु भयो । निजी विद्यालयहरूले सरकारले ल्याएको सो विधेयकमा गरिएका कतिपय व्यवस्था संविधान र कानून अनुकूल पनि नरहेको जिकिर गर्दै त्यसलाई मान्न नसकिने चेतावनी दिइरहेका छन् ।