
काभ्रे । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत अहिले काभ्रेका दुवै क्षेत्रमा प्रत्यक्षतर्फकाे मतगणना जारी छ ।
हालसम्म निर्वाचन क्षेत्र नं २ को धुलिखेल नगरपालिका वडा नं १,२,३,४, ५, ६ र ७, पनौती नगरपालिकाको वडा नं १, २, ३, ११ र १२ मा मतगणना सम्पन्न भएको छ ।
दुई पालिकाको मतगणना सम्पन्न हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी-रास्वपाका उम्मेदवार बदनकुमार भण्डारीले अग्रता फराकिलो बनाउँदै लग्नुभएकाे छ । उहाँले अहिले नेकपा एमालेका उम्मेदवार अशोककुमार व्याञ्जूलाई ५ हजार ७ सय ६ मतले पछि पार्नुभएकाे छ । भण्डारीले ९ हजार ८ सय ५५ मत प्राप्त गर्दा व्याञ्जूले ४ हजार १ सय ४९ मत ल्याउनुभएकाे छ।
यस्तै नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले २ हजार ८ सय ९ तथा नेकपाका बसुन्धरा हुमागाईंले १ हजार २ सय ६८ मत प्राप्त गर्नुभएकाे छ । क्षेत्र नं २ अन्तर्गत अहिले पाँचखाल नगरपालिका वडा नं १ देखि ४ सम्मको मतगणना चलिरहेको छ ।