
बारा । प्रतिनिधि सभा सदस्य निर्वाचनको जारी मतगणनामा बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले भारी मतान्तरले अग्रता कायम राखेकाे छ।
मतगणनाकाे सुरूवातीदेखि नै उनीहरूकाे अग्रता रहेकाे छ । निर्वाचन अधिकृतको कार्यालयले दिएकाे जानकारीअनुसार निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार गणेश धिमालले ११ हजार ४४ मत पाउनुभएकाे छ । उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले २ हजार ७ सय ३२ मत पाउनुभएकाे छ भने नेकपा एमालेका अच्युत मैनालीले ३ हजार १ सय १५ मत प्राप्त गर्नुभएकाे छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाका चन्दन कुमार सिंहले २ हजार ३ सय ६४ मत पाउनुभएकाे छ। उहाँका प्रतिस्पर्धी नेकपा एमालेका बलबीर चौधरीले ९ सय १४ मत प्राप्त गर्नुभएकाे छ भने जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामकिशोर यादवले ८ सय ५० मत प्राप्त गर्नुभएकाे छ ।
निर्वाचन क्षेत्र नम्बर ३ मा रास्वपाका उम्मेदवार इन्जिनियर अरविन्द साहले १८ हजार १ सय ३९ मतकाे भारी मतान्तरले अग्रता लिनुभएकाे छ। उहाँका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका फरमुल्लाह मंसुरले ४ हजार ५ सय ६२ मत प्राप्त गर्नुभएकाे छ ।त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा पनि रास्वपाका उम्मेदवार रहबर अन्सारीले १० हजार ९ सय १८ मतले अघि हुनुहुन्छ । उहाँका निकटम् एमालेका किसान श्रेष्ठले २ हजार ४ सय १६ मत पाउनुभएकाे छ ।
चार वटै निर्वाचन क्षेत्रमा १ सय १० उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए । जिल्ला निर्वाचन कार्यालयकाअनुसार जिल्लाभर करिब ७० प्रतिशत मत खसेको थियाे । अहिले सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको र अन्तिम परिणाम रातिसम्म आइसक्ने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका सहायक निर्वातन अधिकृत राजकुमार दाहालले बताउनुभयाे ।