
झापा । झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले ११ हजार ९४५ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ ।
शुक्रबार अपराह्न ५ः३० बजेसम्मको मतगणना अनुसार १८ हजार ९७ मतगणना सम्पन्न गर्दा उहाँले उक्त मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दुई हजार ६९२ मत प्राप्त गर्नुभएको छ भने श्रम संस्कृति पार्टीका समीर तामाङले एक हजार ४ सय ४७ मत, नेपाली कम्युनिष्ट पार्टीका रन्जित तामाङले ३ सय ५५, नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरियाले ३ सय ३५ मत प्राप्त गर्नुभएको छ ।