प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षकको महासंघको सदस्यता स्वतः निष्क्रिय हुने

श्रावण २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानाध्यापकमा नियुक्त भएमा शिक्षकको महासंघको सदस्यता स्वतः निष्क्रिय हुने

काठमाडौं । नेपाल शिक्षक महासंघको सदस्य रहेको शिक्षक प्रधानाध्यापकमा नियुक्त भएमा सदस्यता स्वतः निस्क्रिय हुने भएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्याल शिक्षा विधेयकसम्बन्धी परामर्श उपसमितिले गरेको प्रस्ताव समितिले पास गरेको हो । 

नेपाल शिक्षक महासंघको पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था गर्न सकिने व्यवस्था गर्ने प्रस्ताव गरेको छ । यद्यपि शिक्षा, विज्ञान तथा सूचना प्रविधिमन्त्री रघुजी पन्तले काजको समयावधी हटाउन प्रस्ताव गर्नुभएको छ ।

नेपाल शिक्षक महासंघको संस्थागत विकास तथा शैक्षिक सुधार सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी नेपाल शिक्षक महासंघले तोकेका दुई जना पदाधिकारीलाई एक वर्षमा बढीमा दुई महिनासम्म काजको व्यवस्था गर्न सकिने परामर्श उपसमितिको प्रस्ताव छ । उक्त प्रस्तावमा सहमति जुट्न सकेको छैन । 

विधेयकलाई आजै पास गर्नेगरी समितिमा छलफल जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.