काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको उपप्राध्यापक पदको लिखित परीक्षामा मागभन्दा कम मात्रै उत्तीर्ण भएका छन् ।
सेवा आयोगका प्रमुख विष्णुप्रसाद अर्यालले व्यवस्थापन विषययमा ४१ जना उपप्राध्यापकको माग भएकोमा परीक्षामा ५ जना मात्र पास भएको जानकारी दिनुभयो ।
त्यस्तै कानुनमा १२ जना माग भएकोमा एक जना पनि पास हुन नसकेको सेवा आयोगले जनाएको छ । मैथिली, इतिहास, हिन्दीलगायतका विषयमा पनि उम्मेदवारहरू उत्तीर्ण हुन नसकेको आयोगका प्रमुख अर्यालले जानकारी दिनुभयो ।